काठमाडौं । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।
मध्यरातबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाड पर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।



इन्धनको मूल्य घटेसँगै चाँडबाँडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ ।



