काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध केही मान्छेले विरोध गरेर केही नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले विपद्का बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर विरोधका लागि विरोध मात्रै गरेको आरोप लगाउनु भएको हो । अमेरिकाबाट स्वदेश आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा ओलीले



बाढी पहिरो जस्ता विपद्का घटनाहरू म आएँ भन्दै नआउने र जतिसुकै बेला पनि पर्न सक्ने बताउनु भयो । यस्तो बेलामा सरकारले गर्ने भनेको उद्धार व्यवस्थापन र राहतका कार्यक्रम रहेको र जुन सरकारले पनि गर्दैआएको बताउनु भयो ।



