काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाई रिहा हुनुभएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



प्रहरीको साइबर ब्यूरोले उहाँलाई असोज ६ गते भक्तपुरस्थित उहाँकै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो ।



