काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित गौचरणमा आजदेखि नवदुर्गाको विशेष पूजा हुने भएको छ ।
वनदेवी सामुदायिक भवन संरक्षण समितिले आज घटस्थापना देखि नौ दिनसम्म नवदुर्गाको मूर्तिराखि विशेष पूजाआजा गर्न लागेको हो । दुर्गा पूजाको संयोजक श्यामकुमार केसीले दुर्गाको नौ रुप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको मूर्ति पूजा स्थलमा राखिने बताउनु भयो ।



संयोजक केसीले विहान नौ दिनसम्म विशेष पूजा गरिने र साँझमा दुर्गा भजन हुने साथै दशौं दिन दुर्गाको मूर्तिलाई नदीमा लगेर सेलाइने जानकारी दिनुभयो ।



