काठमाडौं । बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारलाई बाढी, पहिरो र डुवानको प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।



समितिले सरकारलाई सिफारिस गरेको निर्णय मन्त्रिपरिषद्ले घोषणा गर्दै छ । पछिल्लो विपद्बाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अर्बौको भौतिक सम्पत्ति क्षति भएको छ ।



