काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य सानु कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ ९ गते हेटौंडा–९ स्थित नेपाल पास्ता फुड प्रालिका सञ्चालक कृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरेर फरार रहेका लामा र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका लामा नेकपा एमाले मकवानपुरको युवा ईञ्चार्ज समेत हुन् । हेटौंडा–१० का सानुसहित प्रहरीले हेटौंडा–८ का तोइसाङ लामालाई पक्राउ गरेको जानकारी दिएको छ । सानुलाई हेटौँडा–४ बाट र तोईसाङलाई हेटौँडा–८ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले हिसारतमा राखेको छ । ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई ५ दिनको म्याद थपको अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय