काठमाडौं । भारतलाई पराजित गर्दै बंगलादेश साफ महिला च्याम्पियनसीप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाँच पटकको विजेता भारतलाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश समूहको शीर्ष स्थानमा रहँदै सेमीफाइनलको स्थान पक्का गरेको हो ।

बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल र अफिदा खान्दाकरले एक गोल गरिन् । भारतका लागि बाला देवीले सान्त्वना गोल फर्काइन् ।

भारत पराजीत भएपनि समूह उपविजेताको रुपमा भारत सेमीफाइनलमा पुगेको छ । पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय