काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा. नारायण कँडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतमलगायतले बहस गरेका छन् । कास्की जिल्ला अदालतले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद सकिएपछि बिहीबार अदालत पेश गरिएको हो । प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।



अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाईलाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ ।



