काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको पानीपोखरीबाट खनाललाई पक्राउ गरेको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा खनाललाई आज पक्राउ गरी पोखरा पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यही मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । कास्की जिल्ला अदालतले लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अब लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनेछ ।

सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्रेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय