काठमाडौं । स्कटल्यान्ड्ससमेत रहेको त्रिकोणीय सिरिज सुरु भइसकेपछि नेपालले शनिबार टिम घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो । टिम हाल अमेरिकामै रहेको छ । सिरिजको पहिलो खेल शुक्रबार भएको थियो, जसमा स्कटल्यान्ड्सले घरेलु मैदानमा अमेरिकालाई पराजित गरेको थियो ।
अब नेपालले सिरिजको आफ्नो पहिलो खेल आइतबार घरेलु टिम अमेरिकासँग खेल्नेछ । लिग २ मा कमजोर प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ । लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ । अमेरिका सिरिजमा तीन टिमले एकअर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् । स्कटल्यान्ड्सले पहिलो खेल जितिसकेको छ । टोलीमा सन्दीप लामिछानेलाई समावेश गरिएको छ । टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । अन्य खेलाडीहरू यसअघिकै हुन् ।






