काठमाडौं । चाँडबाडको मुखैमा सुनको मूल्य आकासिएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्चवृद्धि भई अहिलेसम्मकै कीर्तिमान कायम गरेको जनाएको छ ।



बुधबार प्रतितोला २ हजार २ सयले बृद्धि भई १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला २ सयले बृद्धि भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १ सय २० मा कारोबार भएको चाँदी बिहीबार २ हजार ९० निर्धारण भएको छ ।



