पाकिस्तानी खेलाडी मोहसिन नेपालको एनपीएलमा जनकपुरबाट खेल्ने भएकाछन् । २८ वर्षीय मोहसिनले ३० टी २० खेल खेलीसकेका खेलाडी हुन । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका खेलाडी हुन ।
जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके रहेकाछन् । नेपाल क्रिकेट संघ क्यान को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।






