काठमाडौं । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ठगी र संगठित अपराध कसुरमा अनुसन्धानकै लागि रुपन्देही लाने तयारी गरिएको छ । कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कास्की अदालतले दुई पटक म्याद थप गरिसकेको छ । पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाइएको छ । यद्यपि मंगलबार नै पठाउने वा छठसम्मका लागि म्याद थपेर पोखरामै अनुसन्धान गर्ने भन्नेमा भने प्रहरी निष्कर्षमा पुगेको छैन ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाले लामिछाने प्रहरी हिरासतमै छन् । रुपन्देही प्रहरीले कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रुपन्देही ल्याएर अनुसन्धान गर्न मिल्ने जनाएको छ । रुपन्देही जिल्ला अदालतले गत कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कका लगेर खर्च गरेको कसुरमा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय