जिल्लाको रामेछाप र मन्थली नगरपालिका, खाडादेवी गाँउपालिका, गोकुलगंगा गाँउपालिका र लिखु तामाकोशी गाउपालिका लगाएतका अधिकांस पालिकाहरुमा ड्राइगन फलको ब्यवसायिक खेति सुरु गरिएको छ । सुख्खा ठाँउमा पनि हुने र यस खेती भित्र, अग्ला नहुने विभिन्न जातका फलहरु, फूलहरु, तरकारी, अदुवा वेसार, लसुन प्याज लगाएतका बस्तुहरु पनि उत्पादन गर्न सकिने भएकोले दुवै तिरबाट फाइदा हुँने भएपछि रामेछापका कृषकहरु ड्राइगन खेती तर्फ आकर्षित भएका हुन् ।
सुरुमा आफुले यु टुव हेरेर खेती गर्दा गाँउ टोलका मानिसहरुले खिसी गरेर यो के खालको खेती हो सिउडी जस्तो भनि ब्यङग्य गर्ने गरेको भएपनि अहिले खेतिको पाकेको फल खुवाउदा सबैजनाले यस फलको ंप्रशंसा गर्ने गरेका छन । आफुले १ रोपनी भन्दा बढि जग्गामा लगाइएको यो खेती वाट राम्रा आम्दानी भएको अर्का कृषक शिवराम श्रेष्ठ बताउनुहुन्छ ।



बर्षमा २ लट यसले फल दिने र यसको फल मिठो र पर्याप्त पोष्टीक तत्व हुने भएकोले अन्तराष्ट्रिय बजारमा यो फलको राम्रो बजार छ । विरामी हरुले पनि खान मिल्ने तागतिलो फलका रुपमा लिइएको यो फल एक पटक लगाइसकेपछि ५० औं वर्ष सम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरीकनै आम्दानी दिन थाल्ने गरकोले आफुहरु यस खेती तर्फ लागेको अर्का मन्थली न पा ५ का कृषक राम बहादुर शाही बताउनुहुन्छ ।
जिल्लामा यसको खेती गर्नेकृषकहरु मध्ये कसैले यस फल भित्र सयपती फुल रोपेर छुट्टै आम्दानी गरेका छन भने कसैले तरकारी तथा फुलहरु रोपेर पनि आम्दानी गर्ने गरेका छन । अहिले उक्त फल कृषकहरुको बगैचा बाटै ३ सय देखि ३ सय पचास रुपैया सम्ममा विक्रि हुने गरेको छ । आफुले यस अघि मकै र अन्य अन्न वाली रोप्ने गरेको आफ्नो वारी सुख्खा भएका कारण अन्य वाली नहुने भएपछि यो फल रोपेको १ बर्षमै फल दिन थालेको मन्थली नपा –७ का ड्राइगन फ्रुट कृषक दिल बहादुर साकी वताउनुहुन्छ ।
कृषकहरुले भने स्थानीय सरकार एबं संघिय सरकारले यो खेतिको विस्तार गरी ड्राइगन जोनको रुपमा लैजानु पर्ने माग कृषकहरुको रहेको छ । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले भने यो खेति विस्तरका लागि आफ्नो कार्यलयसँग कुनै कार्यक्रम नभएको तर अन्य कार्यक्रम बाट मिलाएर पनि केहि सम्बोधन गर्न सकिने कार्यालय प्रमुख थिरलाल गैरे बताउनु हुन्छ ।
पछिल्लो समयमा बढेको ड्राइगन फु्रटको आकर्षण सँगै यसको ब्यपार पनि राम्रो रहेको छ । यसको बिकास र बिस्तर गरी स्थानीय तह , कृषिविकास कार्यालय रामेछाप र प्रधानमन्त्री आधुनिकीकर परियोजना जस्ता सरकारी निकायहरुले यस खेती विस्तार गर्न सहयोग गर्ने हो भने सम्बन्धित कृषकहरुलाई अझ प्रेरणा मिलेर यस खेतीको विस्तार गर्न सकिन्छ ।



