काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाउनु भएको छ ।

मकवनपुरको थाहा नगरपालिकामा दाहालले सरकारको १ सय दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको दाबी गर्नुभयो । उहाँले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताउनु भयो ।

भ्रष्टाचारको प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताले सुशासन कायम हुन नसकेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय