काठमाडौं । कोप–२९ अजरबैजानको बाकुमा आजदेखि सुरु भएको छ । जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि नेपाल सरकारले मुख्य ६ एजेण्डालाई उच्च प्राथमितामा राखेको छ ।

वन तथा वातावरण मन्त्रालयले जलवायु वित्त, जलवायुजन्य हानि नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिबृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छ वटा विषयगत कार्यपत्र तयार भएको जनाएको छ ।

गत वर्ष युएइको दुबईमा भएको कोप– २८ मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने तयारी पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय