काठमाडौं । थानकोटको मंगलोदय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।
कात्तिक २५ गते आइतबार स्कुल जान भनि हिडेका दिनेश रेग्मी घर नफर्किएपछि आफन्तले बलम्बु चौकीमा बालकको खोजी गरिदिन भनि निवेदन हालेको छ । दैलेख भगवतीमाई गाउँपालिका मेहेल्तोलीका दिनेश रेग्मी पढाइएको सिलसिलामा चन्द्रागिरि नगरपालिका वडा नम्बर १ स्थित ठूलोबुबाको घरमा बस्दै आएका थिए ।



आइतबार स्कुल गएका रेग्मी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले स्कुलमा बुझ्दा उक्त दिन दिनेश स्कुल नआएको बताएको थियो । दिनेशको कक्षामा पढ्ने साथीहरुले उसलाई पढ्न मन नभएको र आफु क्रिकेट खेलाडी बन्ने इच्छा भएको भन्दै आएको बताउँछन् ।
दिनेशका आफन्त (ठूलोबुबा) ले उसलाई कहीकतै देखेमा ९८५१०२७८२४ नम्बर सम्पर्क गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ । प्रहरी प्रभाग बलम्बुका प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले दिनेशको खोजी तीब्र रुपमा भइरहेको बताउनु भएको छ ।



