काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई भाडा बृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री पाण्डेले मनपरी उपभोक्ताहरुको अधिकार हनन नहुने गरी भाडा लिने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बृद्धि गरी यात्रुहरुसँग मनपरी भाडा असुल्दै आएका छन् । कम्पनीले यात्रुसँग मनपरी भाडा असुलेको भन्दै गुनासो आउन थालेपछि मन्त्री पाण्डेले न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री पाण्डेले हवाई भाडा बृद्धिको विषयमा आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय