काठमाडौं । आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सःशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न २ सय रुपैयाँ शुल्क लाग्ने भएको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २ सय रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ । सोही अनुसार सार्क मुलुकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ । यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने छ ।

यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निःशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । भूकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो । सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित संचालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय