चितवनको भरतपुरमा आयोजित रैथाने खाना महोत्सव तथा भ्रमण वर्ष २०२४ को समापन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा समृद्धिको अभियानलाई तीव्रता दिन प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले एकथरी व्यक्तिहरू मुलुकको समृद्धि हेर्न नचाहने आरोप लगाउँदै देशमा स्थिरता र सामाजिक न्याय कायम गर्दै आर्थिक अवस्थालाई सुदृढ बनाउन माओवादी केन्द्रको भूमिकालाई जोड दिनुभयो।

समारोहमा अध्यक्ष दाहालले भरतपुर महानगरपालिकाको विकास मोडेललाई देशभर विस्तार गर्नुपर्ने धारणा राख्दै मेयर रेणु दाहालको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले भरतपुर महानगरको कायापलटले समृद्धिको नमूना प्रस्तुत गरेको बताउनुभयो।

भरतपुर भ्रमण वर्ष २०२४ का क्रममा २१ वटा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको र १० लाख आन्तरिक तथा २ लाख विदेशी पर्यटकले भरतपुर भ्रमण गरेको जानकारी दिइएको छ। नारायणी र राप्ती किनारमा होटलहरू खुल्ने क्रम तीव्र भएको र पर्यटक संख्यामा बृद्धि देखिएको महानगर प्रमुख रेणु दाहालले बताउनुभयो।

यो कार्यक्रमले भरतपुरलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा उभ्याउन मद्दत पुर्‍याएको छ भने स्थानीय पर्यटन विकासमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय