सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार आजदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाइएको हो। यसपटक यात्रुबाहक सवारी साधनको भाडा ३ दशमलव ३० प्रतिशतले बढाइएको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ० दशमलव ८१ प्रतिशतले र तराईमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ० दशमलव ०५ प्रतिशतले वृद्धि गरिएको छ। विभागका अनुसार दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरूको भाडा पनि समायोजन गरिएको छ। यसअघि २०८० साउन ३१ मा भाडा समायोजन गरिएको थियो।

नयाँ भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ। यस पटकको वृद्धि ३ प्रतिशतसम्म छ, जसमा यात्रुबाहक सवारी साधनको दर सबैभन्दा बढी वृद्धि भएको देखिन्छ। विभागले यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय