नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०८०/८१ मा ९८.९९ प्रतिशत कार्यसम्पादन अंक दाबी गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विवरण पेस गरेका छन्। घिसिङको नेतृत्वमा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउनुका साथै १२.७३ प्रतिशतमा विद्युत् चुहावट घटाएको छ। देशभर ९९ प्रतिशत विद्युतीकरण पुगेको छ भने नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको छ।

विद्युत् प्रणालीको सुधार, प्रसारण र वितरण पूर्वाधारको सुदृढीकरण, र भारतलाई विद्युत् निर्यातमार्फत प्राधिकरणले ऐतिहासिक प्रगति हासिल गरेको छ। क्रेडिट रेटिङमा ‘डबल ए प्लस’ प्राप्त गर्दै प्राधिकरण आर्थिक स्थायित्वतर्फ अघि बढिरहेको छ। घिसिङले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता अनुरूपका मुख्य सूचकांक समेटेर विवरण पेस गरेका हुन्, जसले प्राधिकरणको आर्थिक सुधार र प्रगतिको प्रमाण प्रस्तुत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय