रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरी प्रतिवेदनमा सिफारिस गरिएको छ। कास्की जिल्ला अदालतबाट लामिछाने ६५ लाख धरौटीमा छुटेकै दिन रूपन्देही प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितको नेतृत्वमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

अनुसन्धान अनुसार, लामिछानेमाथि व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाको नाममा २ करोड १५ लाख २८ हजार बिगोको दाबी गरिएको छ। पूर्वडीआइजी छविलाल जोशीमाथि ४ करोड २७ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ। सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध ४ करोड ९६ लाख ८ हजार बिगोको दाबी गरिएको छ। समग्रमा, सहकारी ठगी प्रकरणमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले प्रतिवेदनको अध्ययन भइरहेको र उपयुक्त निर्णयका लागि छलफल जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय