चन्द्रागिरि, काठमाडौं
चन्द्रागिरि नगरपालिकाले फर्मेसी अधिकृत (अधिकृत सातौं तह) र मेडिकल ल्याब टेक्नोलोजिष्ट पदका लागि सेवा करारमा छनोट प्रक्रिया सम्पन्न गरेको छ। लिखित परीक्षा, शैक्षिक योग्यता, अनुभव, स्थानिय अंक र अन्तर्वार्ताको आधारमा नैकाप नयाँ भन्ज्याङ्गकी कन्चन बोगटी फर्मेसी अधिकृत पदमा छनोट भएकी छिन्।
गत भदौ ३१ गते नगरपालिकाले आवश्यक फर्मेसी अधिकृत एक जना सेवा करारका लागि सूचना जारी गरेको थियो। आज भएको अन्तर्वार्तामा कन्चनले उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीलाई उछिनेर पद प्राप्त गरेकी हुन्। वैकल्पिक उम्मेदवारको रूपमा किसिपिडिका सुजन महर्जनको नाम सार्वजनिक भएको छ।



त्यस्तै, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा चन्द्रागिरि–१२ की अभिलाशा शर्मा छनोट भएकी छिन्। उक्त पदका लागि लिखित परीक्षामा ६ जना सफल भएका थिए। अन्तर्वार्तामा उत्कृष्ट प्रदर्शन गरेपछि अभिलाशा नगरपालिकाको छनोट सूचीमा पर्न सफल भएकी हुन्। वैकल्पिक उम्मेदवारका रूपमा चन्द्रागिरि–१४ की जमुना रिजालको नाम सार्वजनिक भएको छ। छनोट प्रक्रियाले नगरपालिकाको पारदर्शिता र योग्य व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्यलाई प्रस्ट पारेको छ।



