काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलगायत प्राकृतिक विपद्बाट जोगिन सबै क्षेत्रबाट प्रभावकारी रुपमा अघि बढ्नु पर्ने बताउनु भएको छ । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीहरुमा तुलनात्मकरुपमा सुरक्षाको स्थिति रहेको बताउनु भएको हो ।
उहाँले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातवरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुनः विचार गरिनु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भूकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्न नसकिने हुँदा भूकम्प प्रतिरोधी संरचना बनाउन सके क्षति कम हुने उल्लेख गर्नुभयो ।



कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो ।



