काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई बुधबार दिउँसो काठमाडौंको स्वयम्भूबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिनुभएको हो ।

२४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध प्रदर्शन गर्दै तामाङको समूहले महिला कर्मचारीलाई बिना कारण निकालेको विषयमा आवाज उठाएको थियो । सो क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय