काठमाडौं । राप्रपा सह–कोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गर्नुभएको छ । काठमाडौं जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियोे । सामाजिक संजालबाट आक्रमणको विरोध गर्दै उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ ।

उप्रेती लेख्नुहुन्छ, ‘आफ्नो कानुन व्यवसायको सन्दर्भमा अदालतमा बहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुण्डागर्दी नेपाली समाजमा स्वीकार्य हुन सक्दैन । अपराधिलाई तत्काल गिरफ्तार गरि कानुनी कार्यवाहीको लागि सरकारसँग हार्दिक अपिल गर्दै अपराधकाविरुद्ध एक हुन काठमाडौंवासीप्रती हार्दिक अपिल गर्दछु ।’

उप्रेतीले अपराधकाविरुद्व एक हुन काठमाडौवासीलाई अपिलसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय