काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नेपालले कोप–२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असर अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताउनु भएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप–२९) को समीक्षा र नेपालको आगामी कार्यदिशाको विषयमा भएको छलफलमा शाहीले पहिलो पटक पर्वतीय मुद्दाका एजेण्डामा कोपमा सहमत भएको बताउनु भएको हो । उहाँले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले उठाएका विषयले विश्वको ध्यान केन्द्रित हुन पुगेको पनि उल्लेख गर्नुभयो । नेपालको जलवायुजन्य हानी नोक्सानीको सम्बोधन गर्न तत्कालै दाबी गर्न सकिने आधार कोप–२९ ले तय गरेको दाबी गर्नुभयो ।

बैठकमा अगामी जलवायु सम्मेलनका लागि नेपालले विषयविज्ञहरू समावेश गरी स्थायी प्रकृतिको वार्ताटोली गठन गर्न मन्त्री शाहीले सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय