काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी तराईमा परेसँगै कोशी र मधेश प्रदेशलगायतका भू–भागमा बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बदली रहेपनि वर्षाको सम्भावना भने नरहेको जनाएको छ । पश्चिमी भू–भागमा भने मौसम सामान्यतया सफा नै रहनेछ ।



काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा नै रहनेछ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । दिउँसो अधिकतम तापक्रम १७ देखि १९ का बीच पुग्ने अनुमान गरिएको छ ।



