सर्लाहीको हरिपुर नगरपालिका क्षेत्रमा जंगली हात्तीको आतंकबाट स्थानीय त्रसित भएका छन् । दिनहुँ जंगली हात्तीले गाउँ र बालीनालीमा गएर उपद्रो मच्चाउन थालेपछि स्थानीय हारगुहार गर्दै सम्बन्धित निकाय धाउन थालेका छन् । विगत तीन दिनदेखि जङ्गली हात्तीले शुक्रबार रातीदेखि खेत तथा गाउँमा पसेर क्षति पुर्याउन थालेको बताएका छन् ।

हात्तीको बथानले शनिबार राती फेरी स्थानीय केशव उप्रेती र प्रेम बहादुर लामाको दुई वटा घरको भित्ता भत्काएर अन्नपात खाइदिएको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिनुभयो ।
वन क्षेत्रमा वर्षेनी जङ्गली हात्ती आउने र स्थानीयको बाली तथा घरमा क्षति गरेर दुःख दिने गरेको छ । गत वर्ष पनि जङ्गली हात्तीको आक्रमणबाट घुर्कौली स्थित जङ्गलमा घाँस काँटन गएका एक युवकको ज्यान गएको थियो । अहिले वन क्षेत्रमा देखिएको जङ्गली हात्ती केही समय यता रौतहटको विभिन्न वन क्षेत्रमा देखिएको हात्ती हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय