उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले नयाँ अध्यादेश ल्याएको बताएका छन्। काठमाडौंमा आयोजित विश्व भन्सार दिवसको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले अर्थतन्त्रको उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्ने लक्ष्य राखेर यस्ता कदमहरू चालेको जनाएका छन्।

उहाँले भने, “सरकार कुनै अर्को सरकारको सूचीमा थपिनका लागि मात्र बनेको होइन, विशेष परिस्थितिमा बनेको हो। हाम्रो मुख्य उद्देश्य नागरिकलाई निराशा र अविश्वासबाट मुक्त गर्दै अर्थतन्त्रलाई सुदृढ बनाउनु हो।”

मन्त्री पौडेलले यसअघि सरकारद्वारा प्रस्तुत अध्यादेशहरूसम्बन्धी सकारात्मक प्रतिक्रिया प्राप्त भएको र निजी क्षेत्रको सहयोगको आवश्यकता पनि औंल्याए। उहाँले थपे, “अर्थतन्त्रलाई चलायमान बनाउने कदमहरू अझै जारी रहने छन् र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।”

त्यसैगरी, उहाँले राजस्व संकलनमा निजी क्षेत्रको सक्रिय भूमिका निभाउन र अनियमितताका प्रवृत्तिहरूलाई रोक्नका लागि छाता संगठनहरूले आफ्ना सदस्यहरूलाई वैधानिक तरिकामा कारोबार सञ्चालन गर्न निर्देशन दिनुपर्ने आवश्यकतामा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय