राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गर्नुभएको छ। लामिछानेले सभामुखलाई भेटेर निलम्बन कानूनसम्मत नभएको भन्दै आजकै संसद बैठकबाट निलम्बन फुकुवा गरिदिन निवेदन प्रस्तुत गर्नुभयो।

उहाँले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार आफूलाई गरिएको निलम्बन असंवैधानिक रहेको दाबी गर्दै त्यसको फुकुवा गर्न भनेका हुन्। यसपछि सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरिएको जवाफ दिनुभएको छ।

सभामुखले लामिछानेलाई प्रश्न गर्दै भन्नुभयो, “तपाईंविरुद्ध मुद्दा चलेको छैन र?” यस बीचमा, रास्वपाका १५ जना सांसदहरू पनि संसद सचिवालय पुगेर लामिछानेको पक्षमा समर्थन जनाउन उपस्थित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय