काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अदालतमा उपस्थित गराउने गरी चितवन प्रहरीको जिम्मा लगाइएको छ ।
सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले लामिछानेसँग आज बयान लिएको र लगत्तै थुनछेक बहस भएपनि नसकिएपछि भोलि विहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको हो ।



जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने, सहायक न्यायाधिवक्ताद्वय अमृत सुवेदी र बुद्धबहादुर थापासहित तीन जनाले बहस गर्नुभएको थियो ।
जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गर्नुभएको थियो । अब जाहेरवालाका बाँकी वकिलले बहस गरेपछि प्रतिवादीका तर्फबाट बहस हुने छ । त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने छ ।



