काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० पेश गर्नुहुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई कमर्स) विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय