काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा आज जाँदै हुनुहुन्छ ।
उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ सहभागी हुन देउवा भारत जान लाग्नु भएको हो ।



१४ फागुनमा कुम्भ मेला सकिँदैछ । देउवा आज दिउँसो ३ बजे भारत जानु हुनेछ । देउवा शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।



