नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा माओवादी अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर, कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको बताउनुभएको हो। उहाँले सरकार असफल भएको हो वा जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको भन्दै प्रश्न गर्नुभयो । बिचौलियाले सरकार चलाइरहेको भन्दै उहाँले मुलुक सरकारकै कारण अस्थिरता उन्मुख भएको दावी गर्नुभयो ।

फरक प्रसंगमा प्रचण्डले नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको भन्दै उहाँले सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने दिन आएको टिप्पणी गर्नुभयो । लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह समेत गर्नुभयो । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उहाँको तर्क छ ।

यस्तै अध्यक्ष प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएकोमा असन्तुष्टि जनाउनुभयो । लोकतन्त्रप्रतिको नआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नु भन्दै उहाँले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलनलाई सरकारले बिर्सेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय