नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले सबै काम सरकारले गर्न नहुने बताउनु भएको छ । पश्चिम् नवलपरासी सुनवलमा प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार सानो आकारको हुनुपर्ने भन्दै बिकास लागयतका प्राय कामहरुमा नागरिकलाई छोड्नु पर्ने बताउनु भयो ।
पछिल्लो समयमा देखिएको राजनीतिक बितिस्णालाई लक्क्षित गर्दै महामन्त्री थापाले जनतामा निराशा भन्दा पनि जनता रिसाएको बताए । रिसाएका जनतालाई काङ्ग्रेसले फकाउनु पर्ने महामन्त्री थापाको भनाई छ ।प्रदेश सभा खेत्रीय सम्मेलन क्षेत्र नम्बर २ क को सम्मेलन क्षेत्रीय सभापती याम प्रसाद भुसालको सभापतित्वमा भएको सम्मेलनमा पुर्व गृह राज्य मन्त्री तथा काङ्ग्रेस केन्द्रिय सदस्यीय देवेन्द्र राज कंडेल, लुम्बिनी प्रेदेस महामन्त्री बिक्रम खनाल लगायतको उपस्थिति रहेको थियो ।






