नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको यात्रा सुरु गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। उहा बिमस्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जानु भएको हो। अप्रिल २ मा, प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ। यस भेटमा, दुई देश बीचका महत्वपूर्ण मुद्दाहरूमा चर्चा र सहमति हासिल गर्ने अपेक्षा गरिएको छ।

सम्भवतस् सम्मेलनका मुख्य विषयमध्ये व्यापार, लगानी, कृषि, र दिगो विकास रहेका छन्। प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेक सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बिमस्टेकको नयाँ भिजन प्रो-बिमस्टेक २०३० को लक्ष्य २०३० सम्ममा समृद्ध, लचिलो र खुल्ला क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो। सम्मेलनका दौरान, सदस्य राष्ट्रहरूले साझा सुरक्षा, आर्थिक समृद्धि र दिगो विकासका लागि नयाँ कदमहरू चाल्ने उद्देश्य राखेका छन्।

बिमस्टेकले सदस्य राष्ट्रहरूबीचको सहयोगलाई अझ सुदृढ बनाउन र आगामी दशकमा दक्षिण एशिया र दक्षिण-पूर्व एशियाका राष्ट्रहरूबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने अवसर सृजना गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय