राजतन्त्र पुनःस्थापनाको मागसहित गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक सार्वजनिक धारणा व्यक्त गर्नुभएको छ ।नयाँ वर्षको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले चैत १५ को प्रदर्शनलाई जनप्रदर्शनको संज्ञा दिँदै नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै पनि तन्त्र हुन नसक्ने टिप्पणी गर्नुभयो। वास्तविक प्रजातन्त्र भएका ठाउँमा जनताको राम्रो–नराम्रो गुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने उहाँको तर्क छ ।

सरकार र प्रमुख राजनीतिक दलहरूले उक्त प्रदर्शन पूर्वराजाकै निर्देशनमा भएको भन्दै शाहमाथि कारबाहीको माग गरिरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। उक्त प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो भने २० जना गोली लागेर घाइते भएका थिए। झडप, आगजनी, तोडफोड र लुटपाटका घटनाबाट करिब ४६ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय