काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक यही वैशाख २३ गतेको संसद बैठकमा मात्रै प्रस्तुत गरिने जानकारी दिएका छन्। आइतबार बालुवाटारमा नेकपा एमाले निकट पेशागत महासंघका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम र प्रि बजेट छलफलजस्ता संवैधानिक प्रक्रियाले गर्दा विधेयक अघि पेश गर्न नसकिने स्पष्ट पारे।

शिक्षक आन्दोलनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले जायज मागहरू विधेयकमार्फत सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। आन्दोलनमा कतिपय नाराजुलुस र गीतहरूले व्यक्तिगत आक्षेप गरेको भन्दै उनले आपत्ति जनाए। प्रधानमन्त्रीले शिक्षालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउँदै, शिक्षकको पेशागत निष्ठा र जिम्मेवारीलाई आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय