काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ ले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । मिति २०८२ बैशाख १९ गते शुक्रबार वडा कार्यालयले सूचना जारी गर्दै परिचयपत्र वितरण गर्न लागिएको जनाएको हो ।

बैशाख २१ गतेबाट वितरण गरिन लागिएको राष्ट्रिय परिचय–पत्र बैशाख २५ गतेसम्म वितरण गरिने छ । पत्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि बायोम्याट्रिक गरिएका वडाबासीहरुको अल्फावेटीक अर्डर अनुसार वितरण हुने वडा अध्यक्ष नरेन्द्र राज महर्जनले जानकारी दिनुभयो । पाँच दिनसम्म वितरण गरिन लागिएको परिचय–पत्र सम्बन्धित व्यक्ति स्वयम् नै उपस्थिति हुनेपर्ने र बायोम्याट्रिक गरेर मात्र परिचयपत्र लैजान हुन पनि अनुरोध गरिएको छ ।

विहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म परिचय–पत्र वितरण गरिने भएकोले सम्बन्ध्ति व्यक्तिले नागरिकता वा आवेदन फारम अनिवार्यरुपमा लिएर आउन हुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय