काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा विभिन्न रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा समाज कल्याण संस्था पुल्चोक, ललितपुरको प्राविधिक, औषधि तथा आर्थिक सहयोग र चन्द्रागिरि नगरपालिका वडा नं. ६ तथा महादेवस्थान स्वास्थ्य चौकीको व्यवस्थापनमा स्वास्थ्य शिविर हुन लागेको हो ।



बैशाख २२ गते हुने शिविरमा आँखा रोग, दाँत तथा जनरल स्वास्थ्य जाँच हुने स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रमुख अधिकारीले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सम्पूर्णमा अनुरोध पनि गर्नुभएको छ ।




