काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । तर, अभियान कुन स्थानबाट सुरु गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।






