नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङ जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।

लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको हो ।

घाइते हुनेमा बेसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।

खुसीजंग र सुदीपको उपचार चितवन मेडिकल कलेज भरतपुर भइरहेको छ । प्रतिनिधि छनोटमा विवाद भएपछि दुई समूहबीच भएको झडपमा खुकुरी हानाहान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय