काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई वटा ट्रक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ गाइघाटमा आज बिहान करिव सात बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय