काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ । विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रीको चौतर्फी आलोचना भईरहँदा लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भएको हो ।
कोइरालाले विगतका मन्त्रीहरूले पनि राजीनामा दिएर छानबिनमा सघाएकोले मन्त्री लेखकले नैतिकताको आधारमा तत्काल राजीनामा दिनु उपर्युक्त हुने धारणा राख्नु भयो ।



यसअघि सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका रास्वपा सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई वर्तमान गृहमन्त्री लेखकले नै राजीनामा दिन र छानबिनका लागि सघाउन आग्रह गर्नुभएको थियो ।



