काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज पनि बस्दैछ । विहान ११ बजे बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो । मंगलबार (हिजो) प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो ।

यसैबीच, सभामुख देवराज घिमिरेले संसदको जारी गतिरोध हटाउन संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय