१६ जेठ, काठमाडौं — गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिएसम्म संघीय संसदको बैठक अवरुद्ध राख्ने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि पार्टीका सचिव लिलामणि पोखरेलले बताएअनुसार, भिजिट भिसा सम्बन्धी प्रकरणको छानबिन सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ। पोखरेलले भने, “राजीनामा नआएसम्म संसदको अवरोध जारी रहने छ।”

यसअघि पनि माओवादी केन्द्रसहितका विपक्षी दलहरूले लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका थिए। यद्यपि, बजेट प्रस्तुतिका दिन (जेठ १५) संसद सञ्चालनमा अवरोध नगरिएको थियो।

बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियानलाई निरन्तरता दिने र वाइसीएलको महाधिवेशनको तयारीबारे पनि छलफल भएको जनाइएको छ। साथै, नेपाल समाजवादी पार्टीसँगको एकतापछि हुने नेताकार्यकर्ता समायोजनबारे पनि विचार–विमर्श भएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय