काठमाडौँ । यातायात बन्द गराउँदै हिड्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकालगायत देशभर विभन्नि क्षेत्रमा यातायात बन्द गराउँदै हिडेका उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो । आवश्यक कारवाहीको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।



देशैभर सार्वजनिक यातायात व्यवसायीले नचलाउँदा आवतजावतमा कठिनाई सिर्जना भएको छ । उपत्यकामा साझा लगायत केही बसहरु भने फाट्टफुट्ट चलेका छन् ।
साथै सरकार र यातायात व्यवसायीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वार्ता जारी छ ।
गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले गाडी चलाउन रोकेका हुन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सरकारसँग वार्ताका लागि ९ सदस्यीय समिति गठन गरेको थियो ।



