काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा भएको आगलागीबाट ३५ वटा पसल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पूरै पसलहरु जलेर खरानी भएका छन् । प्रारम्भिक विवरण संकलन गर्ने क्रममा ३५ पसलको ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट एउटा मोटरसाइकल समेत जलेर नष्ट भएको पाइएको छ ।

स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् । शुक्रबार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय